Kathmandu Press

आज उपत्यकामा निषेधाज्ञाको दोश्रो दिन, थप कडाई गरिने 

काठमाडौ, वैशाख १७ : उपत्यकामा जारी निषेधाज्ञामा आज दोश्रो दिन थप कडाइ हुने भएको छ ।कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले...
आज उपत्यकामा निषेधाज्ञाको दोश्रो दिन, थप कडाई गरिने 

काठमाडौ, वैशाख १७ : उपत्यकामा जारी निषेधाज्ञामा आज दोश्रो दिन थप कडाइ हुने भएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ । सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको भएपनि पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए ।

विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । केहि स्थानमा अफिस समयमा जाम समेत भएको थियो । शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ । यस्तै मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने छ । 

प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्