Kathmandu Press

आईपीएल : दिल्लीले कोलकातालाई ७ विकेटले हरायो

काठमाडौं, वैशाख १७ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको...
आईपीएल : दिल्लीले कोलकातालाई ७ विकेटले हरायो

काठमाडौं, वैशाख १७ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।

अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे ।

कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।

प्रकाशित मिति: ०६:५४ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्