नेपालले इराकसँग मेत्रीपूर्ण खेल खेल्ने
काठमाडौं, वैशख १७ : नेपालले इराकसँग अगामी मार्चमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मे २९ मा इराकसँग मैत्रीपूर्ण...
काठमाडौं, वैशख १७ : नेपालले इराकसँग अगामी मार्चमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टिमले आगामी मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
विश्वकप र एसिया कप छनोटका तयारीका लागि इराकले नेपलालाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो । नेपाल र इराकबीचको खेल बसरा रंगशालामा हुने छ।
नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलेको छ । तीनै खेलमा नेपाल पराजित भएको छ। पछिल्लो पटक नेपाल र इराक सन् २००१ मा भिडेका थिए । सो खेलमा नेपाल ४–२ ले पारजित भएको थियो।
नेपाल र ताजकिस्तानसँग खेलेपछि इराकी टिम विश्वकप छनोटका लागि बहराइन जानेछ। इराक विश्वकप छनोटमा समूह ‘सी’ मा छ।
नेपाल पनि इराकसँगको खेलपछि विश्वकप छनोटका खेल खेल्ने छ । नेपालले चाइनिज ताइपेइसँग जुन ३, जोर्डनसँग जुन ७ र अस्ट्रेलियासँग जुन ११ मा खेल्ने । नेपाल रहेको समूह बीका बाँकी सबैखेल कुवेतमा हुने छ।











