Kathmandu Press

पाकिस्तानले ४०-४९ वर्षका लागि खोप अभियान सुरू गर्ने

पाकिस्तानले ४०-४९ वर्षका लागि खोप अभियान सुरू गर्ने

काठमाडौं, वैशाख १६ : पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ बिरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ। 

पाकिस्तानको नेशनल कमान्ड एन्ड अपरेशन सेन्टर (एनसीओसी)का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराएका छन्।

Hardik ivf

खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भने, 'बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ। पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ।' 

यसअघि मंगलबार पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न थालेको थियो। पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ। 

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, वैशाख १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्