Kathmandu Press

सुनसरीमा पनि एक साता निषेधाज्ञा

सुनसरी, वैशाख १६ : कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र वैशाख १७ गतेदेखि २४...
सुनसरीमा पनि एक साता निषेधाज्ञा

सुनसरी, वैशाख १६ : कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ। 

सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र वैशाख १७ गतेदेखि २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए।

यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ। 

यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइनेछ। सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्