लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसदको पद खारेज
बुटवल, वैशाख १६ : लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको पद खारेज भएको छ। जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार...
बुटवल, वैशाख १६ : लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको पद खारेज भएको छ।
जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको पद खारेज भएको हो। बिहीबार बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना प्रकासित गरि उनीहरुको पद रिक्त भएको जनाएका छन्।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टापछि उनीहरुले मन्त्रीको शपथ लिएका थिए।
मुख्यमन्त्री पोखरेलले तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उनीहरुमध्ये तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए।
चारै जनालाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो। उनीहरुले नमानेपछि कारबाही गरिएको हो।
जसपाले पठाएको पत्रको आधारमा सभामुखले उनीहरुको पद रिक्त भएको घोषणा गरेका हुन्।












-1790332718.jpg)