Kathmandu Press

सांसद मनाङे बने गण्डकी प्रदेशका मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन्।
सांसद मनाङे बने गण्डकी प्रदेशका मन्त्री

पोखरा, वैशाख १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन्।

खास नाम राजीव गुरुङ रहेका मनाङेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ।

उनी पनि राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीसँगै बुधबारदेखि मोबाइल स्विच्डअफ गरेर बसेका थिए। सांसद शाहीलाई भने स्थानीय चरक अस्पतालको आईसीयूमा भेटिएको थियो।

शाहीले विज्ञप्तिमार्फत मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावका पक्षमा मत दिने पार्टी निर्णय मान्ने बताइसकेका छन्।
 

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्