Kathmandu Press

बंगलादेशले भारतलाई मेडिकल सामग्री सहयोग गर्ने

ढाका, वैशाख १६ : कोरोना महामारीविरुद्ध लड्न भारतलाई बंगलादेशले आपत्कालीन मेडिकल सहयोग गर्ने घोषणा गरेको छ। बंगलादेशले बिहीबार भारतलाई आपतकालीन मेडिकल सहयोगका रूपमा उपकरणहरू...
बंगलादेशले भारतलाई मेडिकल सामग्री सहयोग गर्ने

ढाका, वैशाख १६ : कोरोना महामारीविरुद्ध लड्न भारतलाई बंगलादेशले आपत्कालीन मेडिकल सहयोग गर्ने घोषणा गरेको छ। 

बंगलादेशले बिहीबार भारतलाई आपतकालीन मेडिकल सहयोगका रूपमा उपकरणहरू र औषधि सहयोग गर्ने घोषणा गरेको हो। 

Hardik ivf

बंगलादेशको परराष्ट्र मन्त्रालयले बिहीबार १० हजार एन्टिभाइरल औषधि, ३ हजार पिपिई किट, लाखौं जिङ्क, क्यालसियम, भिटामिन सी र अन्य चक्कीहरु आपतकालीन मेडिकल सहयोगका रुपमा पठाउँने तयारी भइरहेको बताएको छ। 

परराष्ट्र मन्त्रालयले कोरोना महामारीको उच्च प्रसारको कारण भारतमा ज्यान गुमाउने मानिसहरु प्रति गहिरो शोक र संवेदना व्यत्त गरेको छ। 

भारतसँग महामारी विरुद्ध लड्न बंगलादेशले हरेक सम्भव सहयोग प्रदान र परिचालन गर्न तत्पर रहेको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, वैशाख १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्