अस्पतालका आईसियु र भेन्टिलेटर भरिए, सुरक्षित रहनुस् : डा. बास्तोला
काठमाडौं, वैशाख १६ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ तथा प्रवक्ता डा. अनुप बास्तोलाले पछिल्लो समय कोरोनाका सिकिस्त बिरामी...
काठमाडौं, वैशाख १६ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ तथा प्रवक्ता डा. अनुप बास्तोलाले पछिल्लो समय कोरोनाका सिकिस्त बिरामी अस्पताल आउने क्रम बढेकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।
उनले बिहीबार भिडियो सन्देशमार्फत सबैलाई सतर्क रहन आग्रह गरेका हुन्। उनले अस्पतालका आईसियु र भेन्टिलेटर भरिइसकेको जानकारी दिए।
उनका अनुसार अहिले आएका बिरामीहरूमा खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, शरीर दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, छालामा दानाहरू आउने, स्वाद हराउने, गन्ध हराउनेलगायत समस्या देखिएका छन्।
यस्तै विगतको तुलनामा अहिलेको संक्रमण द्रुत गतिमा फैलिरहेको भन्दै यसले युवा पुस्तालाई पनि अक्सिजन लगाएर अस्पताल भर्ना हुनुपर्ने अवस्था सृजना गरेका डा. बास्तोलाले बताए।
सबै नागरिकले अबका दिनहरूलाई चुनौतीका रूपमा लिई आफू र आफ्ना परिवारलाई सुरक्षित राख्नुका साथै अकालमा मृत्यु हुनबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने उनको भनाइ छ।











-1790332718.jpg)