Kathmandu Press

टोकियो ओलम्पिकमा सहभागी खेलाडीको दैनिक कोरोना परीक्षण गरिने 

टोकियो, वैशाख १६ : जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा सहभागी सम्पूर्ण खेलाडीको कोरोना परिक्षण गरिने भएको छ।टोकियो आलम्पिक र प्यारा ओलम्पिकमा खेलाडीको दैनिक कारोना...
टोकियो ओलम्पिकमा सहभागी खेलाडीको दैनिक कोरोना परीक्षण गरिने 

टोकियो, वैशाख १६ : जापानको राजधानी टोकियोमा हुने ओलम्पिकमा सहभागी सम्पूर्ण खेलाडीको कोरोना परिक्षण गरिने भएको छ।

टोकियो आलम्पिक र प्यारा ओलम्पिकमा खेलाडीको दैनिक कारोना परिक्षण गरिने ओलम्पिक आयोजक कमिटीले निर्णय गरेको हो।

‘खाने, पिउने, सत्ने, प्रशिक्षण वा प्रतिस्पर्धा गर्ने समय’ बाहेक प्रतिस्पर्धीले अनुहारमा मास्क लगाउनु पर्ने र जापान बाहिरबाट यात्रा गर्ने प्रतिस्पर्धीलाई स्वास्थ्य विवरण उल्लेख गर्न र संक्रमण पत्ता लगाउन कोभिड–१९ को एप्लिकेशन सहित फोन दिइने आयोजक कमिटिले बताएको छ। 

खेलमा कुनै अन्तर्राष्ट्रिय दर्शकहरु नहुने तर स्थानीय दर्शकहरु खेलमा उपस्थित हुन सक्छ कि सक्दैनन् भन्ने निर्णय जुनमा गरिने आयोजक कमिटीले बताएको छ । 

‘यी नियमहरूको पालनाले प्रतिस्पर्धीहरू, खेल अधिकारीहरू र दर्शकहरूको साथै टोकियोका जनताको सुरक्षा सुनिश्चित गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ विज्ञप्तिमा भनिएको छ । 

टाकियो २०२० ओलम्पिक २३ जुलाईमा र प्यारा ओलम्पिक २४ अगस्टमा सुरु हुनेछ। 

जापानमा हालसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच लाख ७५ हजार पाँच सय ६३ छ भने मृत्यु हुनेको संख्या दश हजार ५५ छ । त्यस्तै, निको हुनेको संख्या पाँच लाख १२ हजार ६९ छ । 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्