Kathmandu Press

दुई दिनमा १,३३,७९२ जनाले उपत्यकाका छाडे 

काठमाडौं, वैशाख १६ : दुई दिनमा १ लाख ३३ हजार ७ साय ९२ जना उपत्यकाबाट बाहिरिएका छन्।सरकारले सोमबार (वैशाख १३ गते) कोरोना फैलिन...
दुई दिनमा १,३३,७९२ जनाले उपत्यकाका छाडे 

काठमाडौं, वैशाख १६ : दुई दिनमा १ लाख ३३ हजार ७ साय ९२ जना उपत्यकाबाट बाहिरिएका छन्।

सरकारले सोमबार (वैशाख १३ गते) कोरोना फैलिन नदिन १५ दिन उपत्यका निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। उपत्यकामा निषेधाज्ञा हुने भएपछि उपत्यकामा बसोबास गर्दै आएका मानिस बाहिरिन थालेका हुन्। 

मंगलबार काठमाडौंबाट विभिन्न नाका हुँदै ५२ हजार २ सय ९० यात्रु उपत्यका बाहिरिएका महानगरीय ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। ‘बाहिरिने बढेसँगै भित्रिनेको संख्या घटेको छ,’ कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, ‘मंगलबार २५ हजार मात्रै भित्रिएका छन्, अन्य समयमा ४७ हजारभन्दा बढी यात्रु भित्रिन्थे।’ 

बाहिरिने संख्या भने ४६/४७ हजारको हाराहारीमा रहेको उनले बताए। उनका अनुसार ७ हजार ९ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् भने ७ हजार २ सय सवारीसाधन भित्रिएका छन्। 

त्यस्तै निषेधाज्ञाको अघिल्लो दिन बुधबार उपत्यकाका विभिन्न नाकाबाट ८१ हजार ५ सय दुईजना बाहिरिएका छन्। सोही दिन २३ हजार ८ जना यात्रु भित्रिएको महानगरीय ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ। 

त्यस्तै ७ हजार ३ सय २२ सवारीसाधन बाहिरिएका छन् भने ६ हजार ४ सय ३६ सवारीसाधन भित्रिएका प्रवक्ता एसपी श्याम कृष्ण बताउँछन्।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्