Kathmandu Press

पुटिनसँग मोदीको टेलिफोन वार्ता 

नयाँ दिल्ली, वैशाख १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमीर पुतिनसँग टेलिफोन वार्ता गरेका छन् । भारतमा कोभिड–१९ को अवस्था र द्विपक्षीय सहयोगको...
पुटिनसँग मोदीको टेलिफोन वार्ता 

नयाँ दिल्ली, वैशाख १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमीर पुतिनसँग टेलिफोन वार्ता गरेका छन् । 

भारतमा कोभिड–१९ को अवस्था र द्विपक्षीय सहयोगको विषयमा प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबिच बुधबार टेलिफोन वार्ता भएको हो। 

Hardik ivf

वार्तामा मोदी र पुटिनबिच बिच कोभिड–१९को अवस्थाको बारेमा छलफल भएको थियो। 

राष्ट्रपति पुटिनले भारत सरकार र जनतासँग ऐक्यवद्धता रहेको बताएका छन। त्यस्तै, यस सम्बन्धमा रसियाले सम्भव भए जति सहयोग पुर्‍याउने कुरामा जोड दिएका छन् । 

मोदीले महामारी विरूद्ध भारतको लडाइँमा रुसको सहयोग र साथका लागि पुटिनलाई धन्यवाद दिएका छन्। उनले भारतलाई रूसबाट आएको सहयोग दुई देश बिचको स्थायी साझेदारीको प्रतीक रहेको बताएका छन्। 

दुबै नेताहरूले विश्वव्यापी महामारीविरूद्ध लड्न दुई देशबीच भएको सहयोगको विषयमा चर्चा गरेका थिए। भारतमा स्पुतनिक–भी खोपको आपतकालीन प्रयोग गर्न भारत सरकारले दिएको अनुमोदन प्रति पुटिनले खुशी व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, वैशाख १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्