Kathmandu Press

पहिलो पटक चन्द्रमा पुगेको एपोलो–११ अन्तरिक्ष यानका सदस्य कोलिन्सको निधन 

पहिलो पटक चन्द्रमा पुगेको एपोलो–११ अन्तरिक्ष यानका सदस्य कोलिन्सको निधन 

वासिङटन, वैशाख १६ : मानव इतिहासमा चन्द्रमामा पहिलो पटक पुग्ने अन्तरिक्ष यान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको बुधबार निधन भएको छ। 

क्यान्सरबाट पिडीत उनको ९० वर्षको उमेरमा निधन भएको पारिवारले बताएका छन्।  कोलिन्स एपोलो–११ मिसनको क्रु–मेम्बरमध्येका एक थिए ।

‘प्रिय माइक, तिमी जहाँ रहे पनि तिम्रो ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ ।’ एपोलो–११ मिसनको क्रु मेम्बर बज एल्ड्रिनले कोलिन्सलाई श्रद्धाञ्जली दिँदै ट्वीटरमा लेखे ।

माइकल कोलिन्स चन्द्रमामा अवतरण गरेको अन्तरिक्ष यान एपोलो–११मा रहेका थिए भने निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमा ओर्लिएका थिए । एपोलो–११ अन्तरिक्ष यानले २० जुलाई १९६९ मा पहिलो पटक चन्द्रमामा अवतरण गरेको थियो ।

चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति र एपोलो–११ का कमाण्डर आर्मस्ट्रङको  सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो। 

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्