निषेधाज्ञाको पहिलो दिन नागढुंगामा ट्राफिक जाम
निषेधाज्ञाको पहिलो दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले नागढुंगा पुगेर अनुगमन गरेका छन् ।
काठमाडौं, वैशाख १६ : काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा शुरु भएको छ । निषेधाज्ञा भए पनि काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा सवारीको चाप भने उस्तै छ ।
बिहीबार बिहान नागढुंगामा काठमाडौं भित्रिने र बाहिरिने सवारीको अत्यधिक चापले ट्राफिक जाम नै भएको छ ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले नागढुंगा पुगेर अनुगमन गरेका छन् ।
काठमाडौं भित्रिने र बाहिरिने सवारीलाई कडाइका साथ चेकिङ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोना संक्रमणको चेन ब्रेक गने भन्दै १५ दिनका लागि निषेधाज्ञा जारी गरेका हुन् ।












प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)