Kathmandu Press

पूर्वरानी कोमल आईसीयूमा भर्ना

काठमाडौं, वैशाख १६ : कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा भर्ना गरिएको छ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई...
पूर्वरानी कोमल आईसीयूमा भर्ना

काठमाडौं, वैशाख १६ : कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि इसियूमा भर्ना गरिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई धेरै नै अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ । 

अहिले उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको बताइएको छ । 

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ । 

शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए। 
 

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्