Kathmandu Press

पर्सामा एकै दिन भेटिए १६९ कोरोना संक्रमित 

वीरगञ्ज, वैशाख १६ : पर्सामा आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् ।  वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण...
पर्सामा एकै दिन भेटिए १६९ कोरोना संक्रमित 

वीरगञ्ज, वैशाख १६ : पर्सामा आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् ।  वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए।

यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ। त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित मिति: १०:२८ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्