Kathmandu Press

कुन-कुन जिल्लामा छ, निषेधाज्ञा ?

काठमाडौं, वैशाख १६ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौँ उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ ।उपत्यकाका तीनै...
कुन-कुन जिल्लामा छ, निषेधाज्ञा ?

काठमाडौं, वैशाख १६ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौँ उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरिएको हो ।

निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् । उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।

विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी भएको छ भने तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ। ​

पुर्ण  निषेधाज्ञा जारी भएका जिल्लाहरु :
काठमाडौं
ललितपुर
भक्तपुर
कास्की
पर्सा
बाँके
दाङ
रुपन्देही
चितवन
पाल्पा
कञ्चनपुर
कैलाली
सुर्खेत 

आंशिक निषेधाज्ञा जारी भएका जिल्ला :
बागलुङ 
कालिकोट
बर्दिया 

प्रकाशित मिति: ०९:०५ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्