च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पिएसजीलाई हरायो
काठमाडौं, वैशाख १६ : युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीसँग पिएसजी पराजित भएको छ।गएराति पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर...
काठमाडौं, वैशाख १६ : युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीसँग पिएसजी पराजित भएको छ।
गएराति पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक एक गोल गरेका थिए। पिएसजीका मार्कवेन्होजले एक गोल गरेका थिए।
खेलको ७७औ मिनेटमा पिएसजीका इद्रीसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। यो सँगै अब सेमिफाइनलको दोस्रो लिग मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुने छ।
त्यस्तै यसअघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लिगमा भने रियल म्याड्रिड र चेल्सी १ १ गोलको बराबरी खेलेका थिए ।
प्रकाशित मिति: ०८:३६ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











