Kathmandu Press

अबदेखि विदेश जानेको पीसीआर रिपोर्टमा फोटो अनिवार्य 

काठमाडौं, वैशाख १६ : अबदेखि विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
अबदेखि विदेश जानेको पीसीआर रिपोर्टमा फोटो अनिवार्य 

काठमाडौं, वैशाख १६ : अबदेखि विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो ।

प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्