पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै, आजै अस्पतालमा भर्ना
काठमाडौं, वैशाख १६ : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारी...
काठमाडौं, वैशाख १६ : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उनको शल्यक्रिया हुन लागेको हो । नेता भट्टराई आजै अस्पताल भर्ना हुने र भोलि (वैशाख १७ गते) नै शल्यक्रिया हुने जनाईएको छ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो। वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए।
ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझावका अनुसार भट्टराईले शल्यक्रिया गर्न लागेका हुन्।
प्रकाशित मिति: ०७:३५ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)