Kathmandu Press

भारतमा कोरोनाको भयावह स्थिती, एकै दिनमा तीन हजार ६ सयको मृत्यु 

काठमाडौं, वैशाख १६ : पछिल्ला दिनहरुमा भारतमा कोरोना भाईरसको संक्रमण भयावह स्थितीमा पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३६ सय ४७...
भारतमा कोरोनाको भयावह स्थिती, एकै दिनमा तीन हजार ६ सयको मृत्यु 

काठमाडौं, वैशाख १६ : पछिल्ला दिनहरुमा भारतमा कोरोना भाईरसको संक्रमण भयावह स्थितीमा पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३६ सय ४७ संक्रमितले ज्यान गुमाएका छन् ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो यो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४ हजार ८१२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमण फैलिए यता एकैदिन मृत्यु हुने र संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार आठौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ । भारतमा हालसम्म  १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार ८ छ । मृतकको संख्या समेत तीब्र रुपमा बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको छ । 
 

प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्