Kathmandu Press

हैदरावादमाथि सहज जित निकाल्दै चेन्नई आईपीएलको शिर्ष स्थानमा 

काठमाडौं, वैशाख १६ : आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सहज जित निकालेको छ।दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७...
हैदरावादमाथि सहज जित निकाल्दै चेन्नई आईपीएलको शिर्ष स्थानमा 

काठमाडौं, वैशाख १६ : आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सहज जित निकालेको छ।

दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ५७ रन बनाए। त्यस्तै, केन विलियमसनले २७ र केदार जादवले १२ रन जोडे।

चेन्नईका लागि लुंगी एनगिडीले २ र साम करनले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७५ रन बनाउँदा फाफ डु प्लेसिसले ५६ रन जोडे।

जितसँगै चेन्नई १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता ६ खेल मध्ये ५ खेलमा हार व्यहोरेको हैदरावादको प्लेअफ दौड कठिन भएको छ।

प्रकाशित मिति: ०६:५३ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्