Kathmandu Press

नेपालमा कोरोना संक्रमण दर भारतको जतिकै

काठमाडौं, वैशाख १५ : नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ। अहिले भारतको जतिकै संक्रमण दर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
नेपालमा कोरोना संक्रमण दर भारतको जतिकै

काठमाडौं, वैशाख १५ : नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ। अहिले भारतको जतिकै संक्रमण दर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको बताइन्। उनका अनुसार यसहप्ता नेपालको सङ्क्रमण दर भारतको जस्तै रहेको छ।

गतवर्ष  भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको थियो। यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले बताइन्। 'चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ,' डा. श्रेष्ठले भनिन्, 'नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ।'

नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन्।

संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले बताइन्। एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ।

आज मात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ। अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को मृत्यु भएको छ।

उनका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने अर्को महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन्। 'एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ,' उनले भनिन्, 'सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले दैनिक १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ।' आज १७ जनाको निधन भएको छ।

प्रकाशित मिति: २१:५१ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्