कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, वैशाख १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने जनाएको छ। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म कोरोना...
काठमाडौं, वैशाख १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने जनाएको छ। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि नभएको जनाइएको हो।
मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्टिने थुकको छिटाबाट कोरोना सर्ने भए पनि हावाबाट सर्ने हल्लामा सत्यता नभएको उल्लेख गरे। भाइरस आफैं हावामा उड्न नसक्ने उनको भनाइ थियो।
‘दुई मिटरको दूरीमा बस्ने, मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले बेलाबेलाा हात धुने तथा स्यानिटाइजर लगाएको खण्डमा कोरोना संक्रमण हुँदैन,’ सहप्रवक्ता अधिकारीले भने।
प्रकाशित मिति: १७:५४ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)