Kathmandu Press

अज्ञात भएकाे भनिएका जनमोर्चा सांसद शाही अस्पतालमा भेटिए

पोखरा, वैशाख १५ : गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो।अविश्वासको प्रस्तावमा जनमोर्चाले पनि समर्थन जनाएको...
अज्ञात भएकाे भनिएका जनमोर्चा सांसद शाही अस्पतालमा भेटिए

पोखरा, वैशाख १५ : गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो।

अविश्वासको प्रस्तावमा जनमोर्चाले पनि समर्थन जनाएको थियो । तर जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठकमा खैलाबैला मच्चियो।

उनको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले आफ्ना सांसदको अवस्था सार्वजनिक गर्न, उनको जीवनरक्षा गर्न र उनी सार्वजनिक नभएसम्म संसद्को कारबाही रोक्न माग गर्दै सभामुखलाई पत्र लेखिन्।

त्यसपछि विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित गरियो। तर अज्ञात भएको भनिएका ती सांसद चरक मेमोरियल हस्पिटलमा भेटिएका छन्।

सांसद शाहीका स्वकीय सचिव मिलन हमालले दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन्। शाहीको पीसीआर परीक्षण गरिएको र रिपोर्ट भने नेगेटिभ आएको उनले जानकारी दिए। 

राष्ट्रिय जनमोर्चाका तीन सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो। सांसद शाही बैठकमा नआउँदा प्रदेशसभा राजनीतिले नाटकीय मोड लिएको छ। 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्