गण्डकीमा जनमोर्चाका सांसद हराएपछि सभामुखलाई सचेतकको पत्र
आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखेर बुधबारको बैठक रोक्न आग्रह गरेकी हुन्।
पोखरा, वैशाख १५ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ। आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखेर बुधबारको बैठक रोक्न आग्रह गरेकी हुन्।
उनले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसम्म संसद्को कारबाही रोक्न माग गरेकी हुन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीले पनि समर्थन जनाएको तर सदनमा बुधबार मतदानको परिस्थिति सिर्जना भएपछि आफ्ना सांसद शाहीको अवस्था एकाएक अज्ञात बन्न पुगेको पत्रमा उल्लेख छ।
हेर्नुहाेस् पत्र

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)