Kathmandu Press

काठमाडौंमा एकैदिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 
काठमाडौंमा एकैदिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १५ : २४ घण्टामा देशभर ४८९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

१३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जना संक्रमित थपिएका हुन् । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै देशभर १७ जनाको मृत्यु भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा थप २ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्