Kathmandu Press

भारतको महाराष्ट्रस्थित अस्पतालमा फेरि आगलागी, तीनजनाको ज्यान गयाे

नयाँ दिल्ली, वैशाख १५ : भारतको महाराष्ट्रमा राज्यमा पर्ने मुम्बईमा रहेको एक अस्पतालमा बुधबार आगलागी भएको छ।प्राइम क्रिटिकेयर हस्पिटलमा भएको आगलागीमा परी तीनजनाको...
भारतको महाराष्ट्रस्थित अस्पतालमा फेरि आगलागी, तीनजनाको ज्यान गयाे

नयाँ दिल्ली, वैशाख १५ : भारतको महाराष्ट्रमा राज्यमा पर्ने मुम्बईमा रहेको एक अस्पतालमा बुधबार आगलागी भएको छ। प्राइम क्रिटिकेयर हस्पिटलमा भएको आगलागीमा परी तीनजनाको ज्यान गएको छ।

पछिल्लो डेढ/दुई साताका बीचमा महाराष्ट्रमा अस्पताल आगलागीको यो तेस्रो घटना हो।

एक साताअघि मात्र महाराष्ट्रको नसिक अस्पतालमा पनि आगो लाग्दा २४ बिरामीको मृत्यु भएको थियो। त्यसको केही दिनपछि मुम्बर्इनजिकै रहेको अर्को कोभिड अस्पतालमा आगलागी हुँदा तीन संक्रमितको ज्यान गएको थियो।

बुधबारको आगलागी घटनाबारे थप अनुसन्धान गरिने महाराष्ट्र सरकारले जनाएको छ। आगलागीका कारण अस्पतालको पहिलो तलामा ठूलो क्षति पुगेको जनाइएको छ।

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्