कर्णाली प्रदेशसभामा एमालेको अवरोध, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित
सुर्खेत, वैशाख १५ : कर्णाली प्रदेशसभाको आज (बुधबार) को बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो।आरम्भमै एमालेका...
सुर्खेत, वैशाख १५ : कर्णाली प्रदेशसभाको आज (बुधबार) को बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो।
आरम्भमै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी बढिरहेका बेला संसद चलाउनुको औचित्य नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए।
सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि पटकपटक आग्रह गरे पनि एमालेका सांसदको अवरोध गर्न छाडेनन्।
त्यसपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)