ओलीविरुद्धको संघर्ष जारी राख्ने नेपाल-खनाल समूहकाे निष्कर्ष
काठमाडौं, वैशाख १५ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी आज (बुधबार) बैठक सकिएको छ ।कलंकीस्थित मेगा पार्टी...
काठमाडौं, वैशाख १५ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीकाे आज (बुधबार) काे बैठक सकिएको छ ।
कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्धको आन्तरिक संघर्षलाई जारी राख्ने निष्कर्ष निकालेको छ।
बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर केही गतिविधि स्थगित गरी आन्तरिक संघर्षलाई भने निरन्तर जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
ओलीले स्वेच्छाचारी ढंगले विधानविपरीत चलाएका गतिविधि नसच्चिएसम्म आफूहरूले थालेको अभियानले निरन्तरता पाउने उनको भनाइ थियो।
नेपाल-खनाल समूहमा केही नेता समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य र गोकर्ण विष्ट भने सहभागी थिएनन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफूहरूलाई निषेध गरेर पार्टी विधानविपरीत एकलौटी निर्णय गरेको आरोप लगाउँदै आएको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर पछिल्लो समय समानान्तर कमिटी गठनलाई तीव्रता दिँदै आएको छ।
नेता नेपालले दुई चरणमा अध्यक्ष ओलीसँग वार्ता गरिसक्दा पनि कुनै सहमति हुन सकेको छैन। बरु उनीसहित उनको समूहका नेताकार्यकर्तालाई ओलीले स्पष्टीकरण सोध्नेदेखि लिएर पार्टी सदस्यताबाट हटाउने, निलम्बन गर्नेजस्ता कारबाही चलाउँदै आएका छन्।











-1790332718.jpg)