महान्यायाधिवक्ता बडाल भन्छन्– रेशम चौधरीको मुद्दा फिर्ता हुन्न
काठमाडौं, वैशाख १५ : नयाँ सत्ता साझेदारीका लागि केन्द्रमा रहेकाे जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष रेशम चौधरीलगायत मधेस...
काठमाडौं, वैशाख १५ : नयाँ सत्ता साझेदारीका लागि केन्द्रमा रहेकाे जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि चलाइएका मुद्दा फिर्तालाई मुख्य सर्त बनाएको छ।
जसपाको माग सम्बोधनका लागि सरकार पनि हरतरहले प्रयासरत छ। त्यसका लागि अनेक विकल्पमा छलफल चलिरहेको छ। यही सन्दर्भमा सरकारका प्रमुख कानुनी सल्लाहकार रहेका महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाका मुख्य आरोपित भनिएका र अहिले निलम्बनमा रहेका सांसद रेशम चौधरीलगायतको कर्तव्य ज्यान मुद्दा फिर्ता नहुने बताएका छन्।
बुधबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महान्यायाधिवक्ता बडालले टीकापुर मुद्दा फिर्ता लिने कानुनी र संवैधानिक आधार नभएको स्पष्ट पारे। त्यसबारे सरकारले आफूसँग कुनै रायसमेत नमागेको पनि उनले बताए।
२०७२ भदौ ७ गते थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो।
घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका निलम्बित सांसद चौधरीलाई जिल्ला अदालतले २२ फागुन २०७५ मा जन्मकैदको फैसला गरेको थियो। सोही घटनाका अन्य १० आरोपितलाई पनि जन्मकैदको सजाय सुनाइएको छ। अन्य आरोपितमध्ये १२ जनालाई तीन वर्ष कैद र एक जना नाबालकलाई ६ महिना कैद तथा तीन जनालाई सफाइ दिने फैसला भएको थियो।











-1790332718.jpg)