Kathmandu Press

माओवादी केन्द्रको निर्णयपछि गुम्यो खड्काको राष्ट्रिय सभा सदस्य पद

काठमाडौं, वैशाख १५ : राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। उनी माओवादी केन्द्रबाट उनी राष्ट्रिय सभा सदस्य भएका थिए।दल त्याग...
माओवादी केन्द्रको निर्णयपछि गुम्यो खड्काको राष्ट्रिय सभा सदस्य पद

काठमाडौं, वैशाख १५ : राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। उनी माओवादी केन्द्रबाट उनी राष्ट्रिय सभा सदस्य भएका थिए।

दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय सभा सदस्यबाट उनलाई हटाउन वैशाख १० गते सचिवालयमा पत्र पठाएका थिए।

सोही पत्रका आधारमा अर्घाखाँचीका खड्काको पद रिक्त भएकाे हो। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गरेर खड्काको राष्ट्रिय सभा सदस्य पद रिक्त हुन पुगेको जानकारी गराएका हुन्।

माओवादी केन्द्रले यसअघि नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि कारबाही गरिसकेको छ। बादलको ठाउँमा  जेठ ६ गते  चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ।

हेर्नुहाेस् सूचना

प्रकाशित मिति: १४:०० बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्