Kathmandu Press

सिंगापुरले पठायो भारतमा अक्सिजन सिलिन्डर

 सिंगापुर, वैशाख १५ : भारतमा कोरोना भाइरसको उच्च वुद्धिपछि सिंगापुरले आफ्नो दुई लडाकु विमानमा अक्सिजन सिलिन्डर र अन्य महत्वपुर्ण आपूर्तिहरु पठाएको छ। ढुवानीलाई तीव्र गर्न...
सिंगापुरले पठायो भारतमा अक्सिजन सिलिन्डर

 सिंगापुर, वैशाख १५ : भारतमा कोरोना भाइरसको उच्च वुद्धिपछि सिंगापुरले आफ्नो दुई लडाकु विमानमा अक्सिजन सिलिन्डर र अन्य महत्वपुर्ण आपूर्तिहरु पठाएको छ। 

ढुवानीलाई तीव्र गर्न  सिंगापुरले दुई लडाकु विमानबाट बुधबार भारतमा आवश्यक अक्सिजन र महत्वपुर्ण आपूर्तिहरु पठाएको हो। 

‘गत वर्ष भारतले आवश्यक औषधि र आपूर्ति निर्यात गरेर विश्व र सिंगापुरलाई सहयोग पुर्‍यायो। अब हामी कोरोनासँग लड्न भारतको साथ खडा छौँ,’ सिंगापुर सरकारले भनेको छ। 

सिंगापुरका मन्त्री मलाकी उस्मानले आरएसएएफका दुई सी– १३०एसद्धारा दुई सय ५६ अक्सिजन सिलिन्डर भारततर्फ पठाएको बताएका छन। 

भारतका लागि सिंगापुरका राजदूत साइमन वोङले ट्वीट गर्दै भनेका छन्, ‘सात हजार पाँच सय ११ कन्सन्ट्रेटर, पाँच सय १६ बीपाप, दुई सय ५६ अक्सिजन सिलिन्डर, आठ टयाङ्क र अन्य सामग्री भारततर्फ पठाएका छौं ।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्