Kathmandu Press

निषेधाज्ञामा सञ्चार गृहकाे परिचयपत्र बाेके आवतजावत गर्न पाइने

काठमाडौं, वैशाख १५ : बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुँदैछ। सूचना विभागद्वारा जारी परिचयपत्र नभएका सञ्चारकर्मीले आवतजावत गर्न पाइने कि नपाइने भन्ने प्रश्न उठिरहेको...
निषेधाज्ञामा सञ्चार गृहकाे परिचयपत्र बाेके आवतजावत गर्न पाइने

काठमाडौं, वैशाख १५ : बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुँदैछ। सूचना विभागद्वारा जारी परिचयपत्र नभएका सञ्चारकर्मीले आवतजावत गर्न पाइने कि नपाइने भन्ने प्रश्न उठिरहेको छ।

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मीलाई आवतजावत गर्न दिने बताएको छ। त्यति मात्र होइन,  सञ्चारगृहमा काम गर्ने कर्मचारीले पनि परिचयपत्रका आधारमा कार्यालय आउनजान पाउनेछन्।

मिडिया अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले सम्बद्ध सञ्चारगृहबाट जारी परिचयपत्र बोके आवागमनमा कुनै रोकटोक नगरिने काठमाडौं प्रशासनले जनाएको छ। उक्त प्रशासनले कार्यालयीय काममा मात्र आवतजावत गर्न, अनावश्यक ओहोरदोहोर नगर्न पनि सुझाएकाे छ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिने जनाएको छ। 

सोमबार उपत्यकाका तीनवटै प्रशासनद्वारा जारी निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पास भएकालाई मात्र आवागमन दिने उल्लेख थियो।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्