Kathmandu Press

वाग्मतीमा थपिए चार मन्त्री

वाग्मतीमा थपिए चार मन्त्री

हेटौंडा, वैशाख १५ : वाग्मती प्रदेशमा ४ जना मन्त्री थपिएका छन् । तीमध्ये तीन जना मन्त्री र एकजना राज्यमन्त्री छन् । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।  

थपिएका मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजे हुने बताइएकाे छ । 

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्