नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, वैशाख १५ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। काठमाडौंको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक...
काठमाडौं, वैशाख १५ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। काठमाडौंको कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जनाए। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफूहरूलाई निषेध गरेर पार्टी विधानविपरीत एकलौटी निर्णय गरेको आरोप लगाउँदै आएको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर पछिल्लो समय समानान्तर कमिटी गठनलाई तीव्रता दिँदै आएको छ।
नेता नेपालले दुई चरणमा अध्यक्ष ओलीसँग वार्ता गरिसक्दा पनि कुनै सहमति हुन सकेको छैन। बरु उनीसहित उनको समूहका नेताकार्यकर्तालाई ओलीले स्पष्टीकरण सोध्नेदेखि लिएर पार्टी सदस्यताबाट हटाउने, निलम्बन गर्नेजस्ता कारबाही चलाउँदै आएका छन् ।
प्रकाशित मिति: १३:०० बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)