Kathmandu Press

बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

ढाका, वैशाख १५ : बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ। बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको...
बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

ढाका, वैशाख १५ : बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ। बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो। बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन्। 

बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ।  रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ। यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको । 

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो। सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ।
 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्