Kathmandu Press

भारतको आसाममा शक्तिशाली भूकम्प

नयाँ दिल्ली, वैशाख १५ : उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनमा क्षति पुगेको भए पनि सर्वसाधारणको...
भारतको आसाममा शक्तिशाली भूकम्प

नयाँ दिल्ली, वैशाख १५ : उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनमा क्षति पुगेको भए पनि सर्वसाधारणको मृत्युबारे कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रबिन्दु बनाएर ६.० म्याग्निच्युडको भूकम्प गएको छ। तर, भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो।

भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुर धेरै हल्लिएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए । भूकम्पकै कारण केही घरमा क्षति पुगेको छ।

आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झन्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ। स्थानीयवासीले कम्तीमा दुईवटा ठूलै परकम्प महसुस गरिएको बताएका छन्। अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । 

यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झन्डै ४ हजार ८ सय व्यक्तिको ज्यान गएको थियो।

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्