लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ देखि
काठमाडौं, वैशाख १५ : लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाइएको छ।विपक्षी दलले दिएको समावेदनको आधारमा विशेष अधिवेशन बोलाइएको हो। प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार वैशाख...
काठमाडौं, वैशाख १५ : लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाइएको छ।
विपक्षी दलले दिएको समावेदनको आधारमा विशेष अधिवेशन बोलाइएको हो। प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार वैशाख १९ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
वैशाख ६ गते विपक्षी दलले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
विशेष अधिवेशनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ।
गत चैतमा नै प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो।
प्रकाशित मिति: १२:२० बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)