Kathmandu Press

नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं, वैशाख १५ : सानो पाइला नामक गैरनाफामुखी संस्थाले नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ। मंगलबार सानो पाइला र नेपाल भेन्टिलेटर सर्भिसको सहकार्यमा...
नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं, वैशाख १५ : सानो पाइला नामक गैरनाफामुखी संस्थाले नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ। 

मंगलबार सानो पाइला र नेपाल भेन्टिलेटर सर्भिसको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटर हस्तान्तरण गरिएको हो। 

यस अघि नारायणी अस्पतालमा कुल १० वटा भेन्टिलेटर रहेकोमध्ये ५ वटा कोभिडका बिरामीका लागि छुट्याईएको थियो भने ५ वटा अन्य बिरामीहरुका लागि राखिएको छ। तर कोरोना संक्रमण बढीरहेको हुँदा सम्भाव्य समस्यालाई मध्येनजर गर्दै थप ६ वटा भेन्टिलेटर उपलब्ध गराएको सानो पाइलाकी सचिव डा. सुष्मा तिवारी बताउँछिन्। 

यस्तै अवस्था सामान्य नभए भेन्टिलेटरहरुको समायवधि थप गर्न सकिने उनले बताइन् ।

प्रकाशित मिति: १२:०८ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्