Kathmandu Press

श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध लगाउने प्रस्ताव अनुमोदन

बुर्कामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई श्रीलंकाको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।
श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध लगाउने प्रस्ताव अनुमोदन

कोलम्बो, वैशाख १५ : बुर्कामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई श्रीलंकाको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

श्रीलंकाली मन्त्रिपरिषद्ले मंगलबार उक्त प्रस्ताव अनुमोदन गरेको हो। राष्ट्रिय सुरक्षाको विषयलाई औंल्याउँदै मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन गरेको छ। संयुक्त राष्ट्रसंघले भने यो निर्णय अन्तर्राष्ट्रिय कानूनविपरीत भएको बताएको छ।

रक्षामन्त्री सरथ वीरसेकेराले मंगलबार मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको जानकारी दिए। ‘बुर्का मुस्लिम महिलाले शरीर र अनुहार ढाक्न लगाउने एक पोशाक हो र यो एक धार्मिकतावादको संकेत हो,’ उनले भने, ‘यस प्रतिबन्धले राष्ट्रिय सुरक्षामा सुधार ल्याउनेछ।’

सन् २०१२ मा  आत्मघाति बम आक्रमणमा परी दुई सय ६० जनाभन्दा बढीको मृत्यु भएपछि बुर्का लगाउन अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो। सोही प्रतिबन्धलाई सरकारले निरन्तरता दिएको हो।
 

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्