नेता र कर्मचारीमा कोरोना पुष्टि भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। दिउँसो दुई बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक केन्द्रीय कार्यालयका...
वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। दिउँसो दुई बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक केन्द्रीय कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको हो ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यालयका कर्मचारी गरी १२९ जनाको कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो राजनीतिक अवस्था र महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो।
प्रकाशित मिति: १२:०३ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)