मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुने सम्भावना
काठमाडौं, वैशाख १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने सम्भावना छ ।सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी...
काठमाडौं, वैशाख १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने सम्भावना छ ।
सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयले जनाएको छ । प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अविश्वासको प्रस्ताव पेस गरेका थिए।
प्रस्तावमाथि छलफल सकेर मतदान गर्न लागिएको हो। अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन रहेको छ।
यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अन्त्य गर्न सिफारिस गरेका थिए। लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेको भएपनि प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका थिए ।
यसअघि हिजोको प्रदेशसभा बैठक सत्तापक्ष एमालेकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। आज परिक्षणको रिपोर्ट आएपछि बैठक बस्ने तयारी सचिवालयले गरेको छ ।











-1790332718.jpg)