दिल्लीलाई हराउँदै बैंगलोर आइपीएलको शीर्ष स्थानमा
काठमाडौं, वैशाख १५ : रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले...काठमाडौं, वैशाख १५ : रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेले पनि दिल्लीलाई जित दिलाउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोर ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । दिल्ली ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०७:३० बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











