Kathmandu Press

भारतमा कोरोना महामारी : २४ घण्टामा ३ लाख ६२ हजार नयाँ संक्रमित, ३२ सय वढीको मृत्यु 

काठमाडौं, वैशाख १५ : भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्।विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन...
भारतमा कोरोना महामारी : २४ घण्टामा ३ लाख ६२ हजार नयाँ संक्रमित, ३२ सय वढीको मृत्यु 

काठमाडौं, वैशाख १५ : भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्।

विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७९ लाख नाघेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।

पछिल्लो २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १ हजार १६५ पुगेको छ।

संक्रमितमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३० लाख सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: ०६:५६ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्