Kathmandu Press

बराबरीमा रोकिए रियल म्याड्रिड र चेल्सी 

बराबरीमा रोकिए रियल म्याड्रिड र चेल्सी 

काठमाडौं, वैशाख १५ : युईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिएका छन्।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लिगमा चेल्सीले बराबरी खेलेको हो। खेलमा क्रिस्टियन पुलासिकले खेलको १४औ मिनेटमा गोल गर्दै  चेल्सीले शुरुवाती अग्रता लिएकोमा करिम बेन्जमाले खेलको २९औ मिनेटमा गोल फर्काएपछि रियल म्याड्रिडले खेल बराबरी गरेको थियो।

यो खेलपछि चेल्सीलाई अवे गोलको फाइदा हुने भएको छ। अब चेल्सीले घरेलु मैदानमा हुने दोस्रो सेमिफाइनलमा रियललाई पराजित गरेमा यस गोल रहित बराबरी गरेमा च्याम्पियन्स लिगको फाइनलमा पुग्ने छ।

सेमिफाइनलको दोस्रो लिग मे ६ मा खेल्ने तालिका रहेको छ। च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा आज राति पिएसजी र म्यानचेस्टर सिटी भिड्दै छन्। 

प्रकाशित मिति: ०६:३८ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्