काठमाडौंमा नयाँ आदेश, विवाहमा दुई वटा गाडी प्रयोग गर्न सकिने
काठमाडौं, वैशाख १४ : निषेधाज्ञाका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार थप आदेश जारी गरेका छन्।यसअघि जारी आदेशमा परिमार्जन गर्न थप आदेश जारी...
काठमाडौं, वैशाख १४ : निषेधाज्ञाका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार थप आदेश जारी गरेका छन्।
यसअघि जारी आदेशमा परिमार्जन गर्न थप आदेश जारी भएको जनाएको छ। मंगलबार जारी नयाँ आदेशमा विवाह, ब्रतबन्धमा दुई वटा गाडी प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। गाडीमा ब्यानर लगाउनु पर्नेछ।
त्यस्तै, पार्टी प्यालेसमा विवाह गर्न सकिनेछ। त्यसका लागि भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।
नयाँ आदेशमा निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने जनाएको छ। यसअघि बिहानदेखि साँझ ५ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको थियो।
अब भने ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ।

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)