Kathmandu Press

भारतलाई आपूर्ति गर्न थप खोप छैनः बेलायत

भारतलाई आपूर्ति गर्न थप खोप छैनः बेलायत

लन्डन, वैशाख १४ : भारतलाई आपूर्ति गर्न कोरोना भाइरसविरुद्धको थप खोप नभएको बलायतले जनाएको छ।

मंगलबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भारतलाई आपूर्ति गर्न थप खोप नरहेको बताएका हुन्। ‘बेलायतसँग यस समय कुनै पनि अतिरिक्त खोपको डोज छैन र आफ्नो जनसंख्या खोप लगाउन प्राथमिकता दिइरहेको छ,’ बेलायतका प्रधानमन्त्री जोनसनका प्रवक्ताले भने।

प्रवत्ताले हाल बेलायत आफ्नै जनसंख्याप्रति केन्दि«त रहेको बताएका छन्। बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ६ हजार नौ सय ४६ छ भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार चार सय ३४ छ। त्यस्तै, निको हुनेको संख्या ४१ लाख ९७ हजार ६ सय ७२ पुगेको छ।

प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्