Kathmandu Press

मास्क लगाउन अटेर गर्ने २४ हजारलाई कारवाही (फोटो फिचर)

प्रहरीले मास्क नलगाई हिँडडुल गरिरहेका २३ हजार नौ सय ४१ जनालाई पछिल्लो २४ घण्टामा कारवाही गरेको छ।
मास्क लगाउन अटेर गर्ने २४ हजारलाई कारवाही (फोटो फिचर)

काठमाडौं, वैशाख १४ : प्रहरीले मास्क नलगाई हिँडडुल गरिरहेका २३ हजार नौ सय ४१ जनालाई पछिल्लो २४ घण्टामा कारवाही गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई होल्डिङ जोनमा राखेर सम्झाइबुझाइ गरेर पठाइएको थियो।

Hardik ivf

कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले देशभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। माइकिङ र प्लेकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका सात सय दुईवटा सचेतनामूलक कार्यक्रमबाट एक लाख ४७ हजार दुई सय ९५ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।

प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायत सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूप दिएको छ। पछिल्लो २४ घण्टामा ११ हजार सात सय २२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। यस्तै, तोकिएको मापदण्ड उल्लंघन गर्ने एक हजार चार सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्