विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन
सचिवस्तरीय निर्णयबाट स्वास्थ्य मन्त्रालयले लामो विदामा बसेका कर्मचारीलाई पनि तत्काल आ-आफ्नो कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
काठमाडौं, वैशाख १४ : स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीको विदा रद्द गरेको छ।
स्वास्थ्य सचिवस्तरीय निर्णयबाट मंगलबार चिकित्सकसहित सबै स्वास्थ्यकर्मीलाई लामो विदा नदिइने भएको हो।
कोरोना संक्रमणको जोखिम अत्यधिक बढेकाले स्वास्थ्य संस्था र अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचारमा खट्न मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले लामो विदामा बसेका कर्मचारीलाई पनि तत्काल आ-आफ्नो कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतलाई आलोपालो प्रणालीअनुसार सेवामा लगाउने निर्णय मन्त्रालयले गरेको छ।
अस्पतालहरूको स्वीकृत दरबन्दी रिक्त भएमा तत्काल परिपूर्ति गर्ने निर्णय पनि मन्त्रालयको छ। त्यसका लागि ६ महिना करारमा कर्मचारी लिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)